close

हाम्रोपात्रोमा अब नेपाली मितिमै ‘रिमाइन्डर’ राख्न पाइने

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ १२:३३

हाम्रोपात्रोमा अब नेपाली मितिमै ‘रिमाइन्डर’ राख्न पाइने

काठमाडौं । अब हाम्रोपात्रो एपमा नेपाली मितिमै रिमाइन्डर राख्न मिल्ने व्यवस्था गरिएको छ । अब जन्मदिनलगायत अन्य विशेष दिनको नेपाली मितिमै हाम्रोपात्रोले तपाईंलाई रिमाइन्ड अथवा सम्झना गराउनेछ ।

आफ्ना प्रिय व्यक्तिको जन्मदिन अथवा अन्य कुनै महत्त्वपूर्ण दिनको मिति प्रायजसो अंग्रेजीमै रिमाइन्डर राख्न सकिने व्यवस्था छन् । यसो गर्दा कहिलेकाहिँ नेपाली मिति र अंग्रेजी मिति नमिल्ने समस्याले तपाईंलाई समस्यामा पारेको पनि हुनसक्छ ।

तर अब भने यसो हुनेछैन । किनकि हाम्रो पात्रोले आजैबाट नेपाली मितिमा नै रिमाइन्डर राख्न मिल्ने गरेर ‘माई रिमाइन्डर’ सेवा सुरु गरेको छ ।

यस सेवाअन्तर्गत तपाईंले कसैको जन्ममिति आफ्नो वैवाहिक वर्षगाँठको मितिलगायत अन्य महत्त्वपूर्ण मितिहरू नेपालीमा नै अर्थात्वि ‘विक्रम सम्वत’ मितिमा नै सेभ गर्न सक्नुहुन्छ ।

त्यसपछि सोही मितिको दिन हाम्रोपात्रोले तपाईंलाई सो दिनको रिमाइन्डर पठाउने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए । हाललाई परीक्षण चरणमा नै सुरु भएको यो फिचरमा थप सेवा थपिँदै जाने उनले बताए ।

आउने दिनमा भने तिथिअनुसार पनि रिमाइन्डर राख्न मिल्ने फिचर थप गर्ने योजनामा पनि रहेको उनले जानकारी गराए । ‘माई रिमाइन्डर’ सेवा एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१