close

फोनपे क्यूआरमार्फत दैनिक ३० करोडको कारोबार

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १८:३९

फोनपे क्यूआरमार्फत दैनिक ३० करोडको कारोबार

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीका विभिन्न विकल्पको अभ्यास भइरहेको छ । यसबीचमा क्यूआर कोड भुक्तानीबाट हुने कारोबार बढिरहेको छ ।

नेपालमा क्यूआर कोड सेवा प्रदान गरिरहेको फोनपेले आफ्नो नेटवर्कमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड रुपैयाँमाथिको कारोबार भइरहेको जानकारी दिएको छ ।

‘फोनपेले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारीका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको कम्पनीले जनाएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारका हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । यसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ ।

‘फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्‍याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१