close

अब शाइन रेसुङ्गा विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १६:५७

अब शाइन रेसुङ्गा विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै अब विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कुनै पनि शाखा कार्यालयबाट लिन सकिने भएको छ ।

यसैगरी यस बैंकमा खाता रहेका ग्राहकले विदेशबाट पठाएको रेमिट्यान्स सिधै आफ्नो बैंक खातामै डिपोजिट गर्न सक्नेछन् ।

सम्झौतामा ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार शाइन रेसुङ्गा स्मार्ट अर्थात् यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ईसेवा मनी ट्रान्सफरमार्फत नेपालभर रहेका ईसेवाका नेटवर्कमार्फत रेमिट्यान्स पठाउन र रकम प्राप्त गर्न सकिनेछ ।

साथै विदेशमा रहेका नेपालीले सिधै बैंकको खातामा पैसा पठाउन सक्नेछन् । भने, नेपालमा रहेका बैंकका ग्राहकको हकमा बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स आइकनबाट रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१