close

अलिबाबाले ‘११.११’ को एक दिनमै गर्‍यो करिब ५८ खर्बको ब्यापार

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १६:५३

अलिबाबाले ‘११.११’ को एक दिनमै गर्‍यो करिब ५८ खर्बको ब्यापार

काठमाडौं । चिनियाँ ई-कमर्स जायन्ट अलिबाबाको ‘सिङ्गल्स डे’लाई विश्वको सबैभन्दा ठूलो ‘शपिङ डे’को रुपमा लिइन्छ । सन् २००९ देखि हरेक वर्ष नोभेम्बर ११ तारिखको दिन आयोजना हुने यो उत्सवमा विभिन्न अफर सहितका योजना उपलब्ध हुने गरेका छन् ।

जसले गर्दा ग्राहकका लागि पनि यसलाई एउटा विशेष अवसरको रुपमा लिने गरिन्छ । त्यसैले यो दिनमा ठूलो व्यापार हुने गर्छ । तर, अलिबाबाका लागि यो वर्ष भने त्यति फलदायी भएन ।

यो वर्षको ‘सिंगल्स डे’ को बिक्री वृद्धिका हिसाबले हालसम्मकै कम भएको जनाइएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनमा यस वर्ष ८.५ प्रतिशतले मात्रै बिक्री बढेको छ ।

यसअघिका वर्षहरूमा सँधै दुई अंकको वृद्धिदर हासिल गरिरहेको कम्पनीले यस वर्ष भने हालसम्मकै न्यून वृद्धिदर कायम गरेको छ । तथ्याङ्क अनुसार गत वर्ष कम्पनीले अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत बढी सामान बिक्री गरेको थियो ।

वृद्धिदर घटे पनि ग्राहकले गर्ने खर्च भने हालसम्मकै बढी देखिएको छ । अलिबाबाबाट एक दिनमै ग्राहकले ४८.५ अर्ब डलर अर्थात् ५७ खर्ब ६७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२