close

खोज तथा अनुसन्धानमा नेपाली सेनाले आविष्कार केन्द्रसँग सहकार्य गर्ने

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १९:५७

खोज तथा अनुसन्धानमा नेपाली सेनाले आविष्कार केन्द्रसँग सहकार्य गर्ने

काठमाडौं । नेपाली सेना र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यका लागि सम्झौता भएको छ । अनुसन्धान र नवप्रवर्तन काममा विशेषज्ञ आदानप्रदान, प्रयोगशाला प्रयोग तथा आपसी सहयोगका लागि मङ्गलबार दुवै पक्षबीच सहकार्य भएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले आगामी दिनमा केकस्ता कामहरूमा सहकार्य गर्न सकिन्छ भन्ने कुरा अहिले नै स्पष्ट नभएपनि आपसी छलफल र सहमतिमा अनुसन्धानका विभिन्न कामहरू गरिने बताए । ‘नेपाली समाजमा अधिकांश व्यक्तिहरूले अति नै बेवास्ता गर्ने र पटक्कै चासो नलिने अनुसन्धान तथा विकासको कामलाई अति नै उच्च प्राथमिकता दिएर सहकार्यको कामलाई अगाडि बढाउन खोजेका छौँ,’ पुनले भनेका छन् ।

सम्झौता पत्रमा नेपाली सेनाको तर्फबाट शोध तथा विकास महानिर्देशनालयका महानिर्देशक उपरथी विज्ञानदेव पाण्डे र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष पुनले हस्ताक्षर गरेका छन् । नेपाली सेनाले केही वर्षदेखि खोज तथा अनुसन्धान कार्यलाई प्राथमिकता दिन छुट्टै निर्देशनालय स्थापना गरि विभिन्न कार्यहरू गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३