close

साओमीको ३२ इन्चको टिभी अब ३० हजारमै किन्न सकिने

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १६:१६

साओमीको ३२ इन्चको टिभी अब ३० हजारमै किन्न सकिने

काठमाडौं । नेपाली बजारमा साओमीको एलईडी टिभीको मूल्य घटेको छ । कम्पनीले ‘मि टिभी फाेर ए ३२ इन्च’ को एन्ड्रोइड टिभीको मूल्य पाँच हजारले घटाएको हो ।

अब ग्राहकले २९,९९९ रुपैयाँमै यो टिभी किन्न सक्नेछन् । गुगल शर्टिफाइड यो टिभीमा एन्ड्रोइड एपहरू प्रयोग गर्न सकिन्छ भने गुगल असिस्टेन्टको प्रयोग गरेर उपलब्ध एपहरू प्रयोग पनि गर्न सकिन्छ ।

साथै यस टिभीमा भोइस एक्टिभेटेड ब्लुटुथ रिमोट पनि उपलब्ध छ । एन्ड्रोइड टिभी ‘प्याच वाल’ युक्त यो टिभी सात लाख घण्टाभन्दा बढी प्रयोग गर्न सकिने जनाइएको छ ।

यसमा डुअल १० वाट स्टेरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर रहेको छ ।

तपाईंले आफ्नो स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईमार्फत यसमा जडान गर्न सक्नुहुन्छ । टिभीमा १ जीबी र्‍याम र ८ जीबी इन्टर्नल स्टोरेज दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३