close

चिकित्सक लाइसेन्सको अनलाइन आवेदन खुल्यो, परीक्षामा कम्प्युटर प्रविधि प्रयोग हुने

टेकपाना टेकपाना

मंसिर ८, २०७८ ९:५५

चिकित्सक लाइसेन्सको अनलाइन आवेदन खुल्यो,  परीक्षामा कम्प्युटर प्रविधि प्रयोग हुने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन खुला गरेको छ । २०७८ पुस २२ देखि २४ गतेसम्म सञ्चालन हुने ६१ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन बुधबारदेखि खुला गरिएको हो ।

योग्य तथा इच्छुक चिकित्सकहरूले यहाँ क्लिक गरी गएर उल्लेखित निर्देशन अनुसार अनलाइन आवेदन बुझाउन सक्नेछन् । २०७८ मंसिर ८ देखि पुस ७ गतेसम्म नियमित तथा पुस ८ र ९ गते बिलम्ब शुल् कसहित फाराम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था २४ सै घण्टा खुल्ला हुने काउन्सिलले जनाएको छ । लाइसेन्स परीक्षा पुल्चोकमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानमा कम्प्युटर प्रविधिबाट हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२