close

१५ मिनेटमै ‘ओप्पो रेनो ७’ सिरिजका सबै स्मार्टफोन बिक्री

टेकपाना टेकपाना

मंसिर १८, २०७८ ९:५६

१५ मिनेटमै ‘ओप्पो रेनो ७’ सिरिजका सबै स्मार्टफोन बिक्री

काठमाडौं । ओप्पोले चिनियाँ बजारमा गत हप्ता ओप्पो रेनो सेभेन सिरिज सार्वजनिक गरेको थियो । यसअन्तर्गत रेनो ७ एसई, भेनिला रेनो ७ र रेनो ७ प्रो रहेका छन् ।

कम्पनीले चिनियाँ बजारमा यो सिरिजको पहिलो सेल सम्पन्न गरेको छ । जसअनुसार स्टकमा राखिएका सबै स्मार्टफोन सुरुको १५ मिनेटमै बिक्री भएको कम्पनीले जनाएको छ ।

यसबाट १०० मिलियन चिनियाँ युआन (एक अर्ब ८८ करोड रुपैयाँभन्दा बढी) मूल्यको फोन बिक्री भएको कम्पनीले जनाएको छ ।

ओप्पोले सुरूवाती चरणमा आफ्ना यी तीन मोडल चीनको आफ्नै स्टोरबाट बिक्री गरेको थियो ।

साविकको रेनो ६ सिरिजको पहिलो सेलको तुलनामा यो सिरिजको बिक्री १५० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२