close

फक्सवागनले आफ्नो प्लान्टका लागि निर्माण गर्‍यो छुट्टै फाइभजी नेटवर्क

टेकपाना टेकपाना

मंसिर २१, २०७८ १०:३७

फक्सवागनले आफ्नो प्लान्टका लागि निर्माण गर्‍यो छुट्टै फाइभजी नेटवर्क

काठमाडौं । गाडी निर्माता कम्पनी फक्सवागनले जर्मनीमा रहेको आफ्नो मुख्य प्लान्टमा प्राइभेट फाइभजी नेटवर्क सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिको प्रयोग गरी गाडीको उत्पादन क्षमता बढाउन तथा लागत कम गर्ने योजनाका साथ कम्पनीले आफ्नै छुट्टै फाइभजी नेटवर्क तयार पारेको हो ।

त्यसका लागि फक्सवागनले सरकारबाट ३.७ देखी ३.८ गिगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोगका लागि अनुमति प्राप्त गरेको थियो । सोही फ्रिक्वेन्सी प्रयोग गरी नोकियाले उच्च गतिको इन्टरनेटका लागि वारयलेस नेटवर्क निर्माण गरेको हो ।

प्रारम्भिक चरणमा यसमार्फत उत्पादन भएका गाडीमा डेटा अपलोड गर्ने तथा नेटवर्किङ, रोबर्टलगायत प्रविधि सञ्चालनको काम अघि बढाइएको जनाइएको छ । यसरी आफ्नो छुट्टै फाइभजी नेटवर्क निर्माण गर्दा कम्पनीको डेटा आफैमा सिमित हुनेहुँदा सुरक्षित हुनुका साथै डेटा ट्रान्सफरमा समेत कम समय लाग्ने बताइएको छ ।

नोकियाका अनुसार यसका लागि कम्पनीको डिजिटल अटोमेटेड क्लाउड प्रयोगमा ल्याएको छ । जसमार्फत रिलायवल तथा उच्च गतिको इन्टरनेट प्रदान गर्न सकिने दावी कम्पनीको छ । साथै यही नेटवर्कमार्फत सेन्सर, ठुल-ठुला मेसिन समेत चलाउन सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२