close

खल्तीबाट ५० रुपैयाँ टपअप गर्दा आईफोन १३ जित्ने मौका

टेकपाना टेकपाना

मंसिर २१, २०७८ १३:२४

खल्तीबाट ५० रुपैयाँ टपअप गर्दा आईफोन १३ जित्ने मौका

काठमाडौं । मोबाइल वालेट खल्तीले आफ्नो प्रयोगकर्ताका लागि ‘खल्तीमा आईफोन १३’ अफर ल्याएको छ । सोमबारदेखि सुरु भएको यो अफर मंसिर २८ गतेसम्म लागू हुनेछ ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले ५० रुपैयाँ टपअप गर्दा दैनिक एक लाख सम्म खल्ती पोइन्टस् प्राप्त गर्न सक्नेछन् भने योजना अवधिबाट एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका पाउनेछन् ।

यो योजनामा भाग लिनका लागि प्रयोगकर्ताको केवाईसी भेरिफाइड भएको खल्ती अकाउन्ट हुनुपर्नेछ ।

केवाईसी अपडेट भएको प्रयोगकर्ताले खल्ती एपमा उपलब्ध ‘फिचर सर्भिसेस’ मा गएर ‘खल्तीमा आईफोन १३’ लेखिएको आइकनमा क्लिक गरेर कुनै पनि नम्बरमा रू ५० को टप-अप गर्नुपर्ने हुन्छ ।

यसरी गरिएको टपअप मात्र अफरको लागि मान्य हुनेछ । यसरी गरिने रिचार्ज जति पटक पनि गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२