close

सस्तो मूल्यमा १७५ एमबीपीएस गतिको इन्टरनेट ल्याउँदै भायानेट

टेकपाना टेकपाना

मंसिर २२, २०७८ १०:३३

सस्तो मूल्यमा १७५ एमबीपीएस गतिको इन्टरनेट ल्याउँदै भायानेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिले ‘अल्ट्रा–फाइ प्लान’ नामक योजना मार्फत प्रयोगकर्तालाई १७५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने भएको छ ।

कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गर्ने तयारी गरेको हो । यो प्लान हालसम्मकै सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । कम्पनीले यो योजनाको मूल्यलगायतका विषय थप जानकारी भने दिएको छैन् ।

तर, सस्तो प्लानको रुपमा ग्राहकमाझ प्रस्तुत हुने हुँदा यसबाट ग्राहकले भरपुर फाइदा उठाउन सक्ने बताएको छ । यसका लागि कम्पनीले नोकिया र सि–डेटा जस्ता ग्लोबल ब्रान्डसँग मिलेर ‘अल्ट्रा–फाइ प्लान’ सँगै डुअल ब्यान्ड ओएनयु(अप्टिकल नेट्वर्क युनिट) समेत उपलब्ध गराउने जनाएको छ ।

जसमार्फत ग्राहकले इन्टरनेटको स्पीडमा नयाँ अनुभव प्राप्त गर्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार पछिल्लो समय व्यवसाय, खेल र विद्यालयजस्ता ग्राहकको बढ्दो आवश्यकता पुरा गर्न उद्देश्यका साथ नयाँ प्रविधिमार्फत उच्च गति र गुणस्तरको इन्टरनेट उपलब्ध गराउने तयारी भएको हो । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२