close

टेलिकमको कुन सेवा लिँदा कति लाग्छ शुल्क ?

टेकपाना टेकपाना

पुस ४, २०७८ १६:११

टेलिकमको कुन सेवा लिँदा कति लाग्छ शुल्क ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विभिन्न सेवा उपलब्ध गराउँदै आएकाे छ । माेबाइल तथा ल्याण्डलाइन टेलिफोनमात्रै नभएर कम्पनीले स्काई फोन, सी-फोन, एफटीटीएच, भि-स्याट, वाईम्याक्स लगायतका दर्जनौं सेवा सञ्चालन गरिरहेको छ ।

यस्तोमा टेलिकमले उपलब्ध गराउँदै आएका सेवामध्ये कुन सेवा लिँदा कति शुल्क लाग्छ भन्ने विषय धेरैलाई जानकारी नहुन सक्छ । किनभने हामीले सामान्यतया सेवा लिएर त्यसकाे शुल्क बुझाएका हुन्छौं ।

तर, उक्त शुल्क के-के मा कति लाग्याे भन्ने विषय ख्याल गर्दैनौं । कुन सेवामा दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्छ ।

कुन सेवामा ‘अनरशिप ट्याक्स’ (ओटी) लाग्छ अनि कुन कुन सेवामा कति शुल्क लाग्छ भन्ने विषय टेलिकमले उपलब्ध गराएकाे जानकारी अनुसार हामी यहाँ जानकारी दिँदैछाै‌ ।

यस्तो छ विवरण

क्र.सं. सेवा शुल्कटीएससीओटीभ्याटकूल
जीएसएम पोस्ट-पेड
क्रेडिट लिमिट४६०४६०
नयाँ कनेक्सन चार्ज३४.७०.७ ०.७ ४०
कूल४९०.७ ०.७ ४‍.७ ५००
स्काई फोन पोस्ट-पेड
क्रेडिट लिमिट ४६०
नयाँ कनेक्सन चार्ज ३४.७ ०.७ ०.७ ४०
कूल ४९०.७ ०.७ ०.७ ५००
सीफोन प्रिपेड
इन्स्टलेशन शुल्क३७०३७०
कल चार्ज१५३५‍.५९१९९‍.६२ ३४.७ २३०.०९ २०००
सेट२,२१२‍‍.३९ २८७.६१ २५००
कूल४,११७‍.९८ १९९.६२ ३४.७ ५१७.७ ४,८७०
सीफोन पोस्ट-पेड
क्रेडिट लिमिट ७५०७५०
वनरशिप ट्याक्स५००६५५६५
इन्स्टलेशन चार्ज३२०३२०
रजिस्ट्रेशन फि५०५०
सेट२,२१२.३९२८७.६१२५००
कूल३,३३२.३९५००३५२.६१४,१८५
एफटीटीएच भ्वाइस
वनरशिप ट्याक्स ५००६५५६५
क्रेडिट लिमिट १००१००
इन्स्टलेशन चार्ज५००५००
नोट: थप सीपीईका लागि चार्ज ६००५००६५१,१६५
एफटीटीएच डेटा
इन्स्टलेशन चार्ज ५००५००
पीएसटीएन
इन्स्टलेशन चार्ज ३२०३२०
क्रेडिट लिमिट ७५०७५०
वनरशिप ट्याक्स ५००६५५६५
कूल१,०७०५००६५१,६३५
एडीएसएल
इन्स्टलेशन चार्ज – अनलिमिटेड२००२००
इन्स्टलेशन चार्ज – भाेलुम वेस्ड३००३००
भिस्याट
इन्स्टलेशन चार्ज १०,००० १०,०००
वनरशिप चार्ज ५००६५५६५
डिपोजिट१०,००० १०,०००
कूल २०,००० ५००६५ २०,५६५
१०वाई-म्याक्स
इन्स्टलेशन चार्ज २००२००
११सीप पीबीएक्स
इन्स्टलेशन चार्ज ६०००६,०००
रजिस्ट्रेशन चार्ज५००५००
वनरशिप ट्याक्स५००६५५६५
डिपोजिट विथ नम्बर आईएसडी ५०,०००५०,०००
डिपोजिट विथ आईएसडी१५०,०००१५०,०००
१२जीएसएम सीडीएमए प्रिपेड
सीम एक्टिभेशन३४.७ ०.७ ४.६ ४०
कल भ्यालु३८.३९ ४.९९ ०.८७ ५.७५ ५०
कूल ७३.०९ ४.९९ १.५७ १०.३५ ९०
मेल
रजिस्ट्रेशन चार्ज ९०११.७ १३.२२ ११४.९२
एफएस
एफएस लोकल कल प्राडक्सन चार्ज१००००१००००
एफएस एसटीडी प्राेडक्सन डिपोजिट चार्ज ५०००५०००
रजिस्ट्रेशन चार्ज १०००१०००
१५आईपी टीभी इन्स्टलेशन
एक वर्षकाे प्रमियम प्याकेजका लागि सेट अप बक्सकाे चार्ज २५००३२५२८२५
एक वर्ष भन्दा बाहेककाे प्रमियम प्याकेजका लागि सेट अप बक्सकाे चार्ज ३५००४५५३९५५

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२