close

फेसबुकमार्फत क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

पुस १३, २०७८ १९:१५

फेसबुकमार्फत क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । बर्दिया जिल्ला स्थित बारबर्दिया नगरपालिका १० बस्ने २३ वर्षीय रमेश थारूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा मीनभवन प्रहरीका अनुसार थारूले विभिन्न व्यक्तिहरूको नागरिकताको फोटो संलकन गरी नक्कली फेसबुक पेजमार्फत ठगी गर्ने गरेको पाइएको हो ।

‘उनले फेसबुकमा डिएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन बनाई सम्पर्क नम्बर राखी ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम सामान डेलिभरी पूर्व नै आईएमई पे एप, ई–सेवा मार्फत पठाउन लगाई सम्पर्कविहीन भएको पाइएको छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको यस्तो कृयाकलापको विषयमा जानकारी प्राप्त भएसँगै महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँगको समन्वयमा थारूलाई पक्राउ गरेको जनाइएको छ । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२