close

वर्ल्डलिंक र ब्रिटिश कलेजबीच सम्झौता, विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर

टेकपाना टेकपाना

पुस १४, २०७८ १२:३४

वर्ल्डलिंक र ब्रिटिश कलेजबीच सम्झौता, विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर

काठमाडौं । दि ब्रिटिश कलेजले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्ससँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार दुवै संस्थाले संयुक्त रुपमा विभिन्न अनुसन्धानमूलक परियोजना सञ्चालन गर्नेछन् ।

साथै कलेजका विद्यार्थीलाई वर्ल्डलिंकमा इन्टर्नशिप र रोजगारी (प्लेसमेन्ट) को अवसर पनि प्रदान गरिने भएको छ ।

वर्ल्डलिंकका सीएफओ सञ्जयकुमार साह र कलेजका सहायक डिन अरुण जोशीले सो सम्झौतामा हस्ताक्षर गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२