close

कलेजहरुमा आईटी ल्याब स्थापनाका लागि आवेदन माग

टेकपाना टेकपाना

पुस २७, २०७७ ११:५७

कलेजहरुमा आईटी ल्याब स्थापनाका लागि आवेदन माग

काठमाडौं । बागमती प्रदेशले आफ्ना मातहतका सामुदायिक क्याम्पसहरुमा आईटी ल्याब स्थापनाका लागि आवेदन माग गरेको छ । सामुदायिक क्याम्पसहरुको गुणस्तर सुधारका लागि प्रदेशले आईटी ल्याब/विज्ञान प्रयोगशाला स्थापना गर्न लागेको हो ।

यो कार्यक्रम प्रदेशले अघिल्लो आर्थिक वर्षमा समेत सञ्चालनमा ल्याएको थियो । त्यसैले अघिल्लो वर्ष उक्त आयोजनामा सहभागी हुन नसकेका र आवश्यक भएका क्याम्पसहरुले आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

सोमाबार सार्वजनिक गरिएको उक्त सूचनाका आधारमा क्याम्पसहरुले १५ दिनभित्र बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडामा प्रस्ताव सहित आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

यो कार्यक्रमले विशेष गरेर विज्ञान विषय सञ्चालन भएका तथा कम्प्युटर विषय अध्यापन गराउने विद्यालयलाई प्राथामिकता दिनेछ । उक्त प्रस्ताव बुझाउँदा साथमा क्याम्पस सञ्चालक समितिको पदाधिकारीको नामावली तथा पदावधि स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ ।

साथै यसअघि सोही खालको कार्यक्रम नपरेको भनी स्थानीय तहबाट सिफारिस समेत बुझाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१