close

अनुसन्धानकर्ताको खोजीमा देशव्यापी ‘शोध यात्रा’ अभियान सुरू

टेकपाना टेकपाना

माघ १, २०७७ १६:३९

अनुसन्धानकर्ताको खोजीमा देशव्यापी ‘शोध यात्रा’ अभियान सुरू

काठमाडौं । ब्रेनक्युब रिसर्च संस्थाका कार्यकारी निर्देशक आकाश देवले अहिले सम्भावना खोजीको लागि यात्रा सुरु गरेका छन् । राजधानीमा उपलब्ध अवसरलाई विकेन्द्रीकरण गरेर मोफसलमा सम्भावित अनुसन्धानकर्ताहरुको खोजी गर्न आकाशले ‘शाेध यात्रा’ सुरु गरेका हुन् ।

शोध यात्राको मुख्य उद्देश्य अवसरहरुलाई स्थानीय स्तरसम्म पुर्‍याउनु हो । सनवे इन्टरनेश्नल बिजनेस स्कुल र ब्रेनक्युब एनालिटिक्स प्राइभेट लिमिटेडको सहकार्यमा सुरु भएको याे यात्राले राजधानी र मोफसलका विभिन्न शहरहरुमा एकदिने कार्यक्रम आयोजना गर्नेछ । जसमा विज्ञान सम्बन्धी वर्कसप, लेक्चर तथा प्रेजेन्टेसनहरु हुनेछन् ।  

यी गतिविधिबाट उत्कृष्ट हुने विद्यार्थीहरुले अन्डरग्राजुएसन अध्ययनका लागि छात्रावृत्ति पाउनुका साथै रिसर्च इन्टर्नसिप, आइडिया इन्क्युबेसनको सुविधा, अवार्ड, प्रमाणपत्र तथा राष्ट्रिय र अन्तराष्ट्रिय वैज्ञानिक परियोजनामा हुने प्रतिस्पर्धामा सहभागी हुन सक्छन् ।

अन्तराष्ट्रिय स्तरमा हुने यस्ता प्रतियाेगिता इन्डोनेसिया, टर्की, ताइवान, ट्युनिशिया, रसिया, अमेरिका, युरोप, मध्य पूर्व आदि मुलुकहरुमा हुन्छन् । 

शोध यात्राले आफ्नो खोजी विशषगरी विज्ञान तथा कम्प्युटर संकायका उच्च माध्यमिक तहका विद्यार्थीहरुमा केन्द्रित गरेको छ ।  यसै अन्तर्गत सोधयात्राले आफ्नो पहिलो सत्रको कार्यक्रम गत मंगलबार काठमाडौंमा सम्पन्न गर्‍यो ।

मैतीदेवीस्थित सनवे इन्टरनेश्नल विजनेस स्कुल काठमाडौंमा आयोजना गरेको सो कार्यक्रमबाट २२ जना विद्यार्थीहरुले अन्डरग्राजुएसन अध्ययनका लागि छात्रावृत्ति पाएका छन् भने १२ जनाले ब्रेनक्युबबाट वित्तीय र प्राविधिक सहयोगसहितको इन्क्युबेसनको अवसर पाएका छन् ।

यस्तै चारजना विद्यार्थीले भने आफ्नो आइडियालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रस्तुत गर्ने मौका पाएका छन् ।  

शोधयात्रा आगामी दिनमा नेपालगञ्ज, बुटवल, सुर्खेत, दाङ, धनगढी, पोखरा, चितवन, विरगन्ज, जनकपुर, लाहान, राजविराज, विराटनगर, धरान, धनकुट्टा, दमक, विर्तामोड, इलाम र सम्भावना अनुसार अन्य शहरमा पनि लैजाने बताइएको छ । 

यसबीच आगामी १६ जनवरीमा विराटनगरको होटल संगम, १८ जनवरीमा जनकपुर र २० जनवरीमा लाहानमा कार्यक्रम आयोजना हुने भएको छ । 

इच्छुकहरुले यस फर्म भरेर सहभागी हुनसक्ने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१