close

टेलिकम उद्योगमा कसको बजार हिस्सा कति ?

टेकपाना टेकपाना

माघ ४, २०७७ १९:४८

टेलिकम उद्योगमा कसको बजार हिस्सा कति ?

काठमाडौं । इन्टरनेट तथा टेलिफोनको प्रयोग पछिल्लो समय बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार हाल नेपालको कुल जनसंख्याभन्दा २८.७६ प्रतिशत टेलिफोनको पहुँच पुगेको छ ।

यसको अर्थ कुल १२८.७६ प्रतिशत टेलिफोन पहुँच रहेको छ । यसअन्तर्गत १२६.२७ मोबाइल फोन तथा २.४८ फिक्स्ड टेलिफोन लाइन रहेको छ । त्यस्तै ८०.०७ प्रतिशत जनसंख्याको पुहँचमा इन्टरनेट समेत पुगिसकेको तथ्याङ्कले देखाएको छ ।

जसमध्य मोबाइल इन्टरनेटको हिस्सा ५८.८३ प्रतिशत रहेको छ । भने, फिक्स्ड ब्रोडब्याडको पहुँच २०.४८ प्रशितमा पुगेको छ ।

यसरी टेलिफोन तथा इन्टरनेटको पहुँच बढ्दै जाँदा सेवा प्रदायकको बजार हिस्सा पनि थपघट हुँदै आएको छ । त्यसैले यहाँ हामी टेलिकम सेवा प्रदायकले सेवा अनुसार बजार हिस्सा बारेमा जनकारी दिँदैछौं ।

बजारमा हाल नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम गरी तीन वटा कम्पनी सक्रिय रहेका छन् । यी तीन कम्पनीमध्य नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपाल टेलिकम बजार हिस्साका आधारमा सबैभन्दा अघि रहेको छ ।

नेपाल टेलिकमले नेपालको कुल बजारमध्य ५३.६५ प्रतिशत ओगटेको छ । त्यस्तै दोस्रोमा एनसेल रहेको छ । एनसेलले ४०.५३ प्रतिशत बजार ओगटेको छ । भने, ५.८१ प्रतिशत बजारका हिस्साका साथ स्मार्ट टेलिकम तेस्रो नम्बरमा रहेको छ ।

बजार हिस्साका आधारमा पहिलो नम्बरमा रहेको टेलिकमको टेलिफोनतर्फ २ करोड ६ लाख ३७ हजार प्रयोगकर्ता रहेका छन् । ब्रोडब्याण्डतर्फ १ कराड १९ लाख ३३ हजार भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

दोस्रो नम्बरमा रहेको एनसेलको टेलिफोन प्रयोगतर्का १ करोड ५५ लाख ९२ हजार र ६७ लाख ५६ हजार इन्टरनेट प्रयोगकर्ता रहेका छन् । त्यस्तै तेस्रो नम्बरमा रहको स्मार्ट टेलिकमको टेलिफोन ग्राहक संख्या २२ लाख ३५ हजार र इन्टरनेट प्रयोगकर्ता १ लाख ९९ हजारभन्दा बढी रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१