close

क्यूआर कोड स्क्यान गरेर अब बसको टिकट काट्न सकिने

टेकपाना टेकपाना

माघ ५, २०७७ २०:४५

क्यूआर कोड स्क्यान गरेर अब बसको टिकट काट्न सकिने

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्यूआर कोड’ मार्फत बस टिकटको भुक्तानी गर्न सकिने भएको छ । त्यसका लागि नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच सम्झौता भएको छ ।

योसँगै बसपार्कमा टिकट काट्नका लागि नगद बोकी राख्नुपर्ने झन्झटको अन्त्य भएको छ । पछिल्लो समय क्यूआर कोडमार्फत हुने कारोबारले प्राथामिकता पाइरहेको छ । नेपाल राष्ट्र बैंकले पनि क्यूआर कोडलाई अभियानकै रुपमा अगाडि बढाइरहेको छ ।

यही अभियान अन्तर्गत लक्ष्मी बैंकले नयाँ बसपार्कमा यसको सुरुवात गरिएको हो । योसँगै नयाँ बसपार्कमा टिकट खरिद गर्दा यात्रुले मोबाइल वालेट, मोबाइल बैंकिङ मार्फत क्यूआर स्क्यान गरी ‘फोन पे’ नेटवर्कअन्तर्गत भुक्तानी गर्न सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३