close

नागरिक एपमा आवश्यक सुधार र थप्नुपर्ने सेवाबारे भन्नुहोला : सञ्चारमन्त्री

टेकपाना टेकपाना

माघ ५, २०७७ १६:४७

नागरिक एपमा आवश्यक सुधार र थप्नुपर्ने सेवाबारे भन्नुहोला : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एपमा आवश्यक सुझावका लागि आग्रह गरेका छन् । नागरिक एप परीक्षणका क्रममा रहेको भन्दै उनले सबैबाट सुझाव मागेका हुन् ।

सरकारले गएको शुक्रबार मात्र सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एपको बेटा भर्सन सुरूवात गरेकाे थियाे । एपमा हाल स्थायी लेखा नम्बर (प्यान) दर्ता गर्न सकिने सुविधा उपलब्ध छ । एपमार्फत सजिलै प्यान नम्बर लिने उपायबारे यहाँ चर्चा गरिएको छ ।

यसैगरी नागरिकता, शैक्षिक विवरण, राहदानी, मतादाता परिचयपत्र लगायतका विवरण यो एपमा समेटिएका छन् । साथै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र हेलो सरकारका गुनासो समेत यही एपमा राखिएको छ ।

‘अब लाईन होइन्, अनलाईन’ नागरिक एप परीक्षणको क्रममा छौं, हामी । यसमा भएका सुविधाहरुमा सुधार गर्नुपर्ने पक्ष र थप…

Posted by Parbat Gurung on Monday, January 18, 2021

आगामी दिनमा क्रमशः अन्य सुविधासमेत यही एपबाट उपलब्ध गराउने घोषणा सरकारले गरेको छ । तीन महिनाभित्र यो एप औपचारिक रुपमा सञ्चालनमा ल्याइने घोषणा मन्त्री गुरुङले गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन्, ‘हामी नागरिक एप परीक्षणको क्रममा छौं । यसमा भएका सुविधाहरुमा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाहरु हामीलाई भन्नुहोला ।’

साथै मन्त्री गुरुङले डिजिटल नेपाल अभियान हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउने कडी भएको समेत उल्लेख गरे ।

नागरिक एप कसरी प्रयाेग गर्ने ?

याे पनि पढ्नुहाेस् : सरकारले ल्याएको नागरिक एपमा खास के छ ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१