close

अब फेसबुक र इन्स्टाग्राम आफैले दिनेछ उपयुक्त क्याप्सन

टेकपाना टेकपाना

माघ ९, २०७७ १३:३१

अब फेसबुक र इन्स्टाग्राम आफैले दिनेछ उपयुक्त क्याप्सन

काठमाडौं । अब फेसबुक तथा इन्स्टाग्राममा पोस्ट भएका तस्वीरमा आफै क्याप्सन आउने भएकाे छ । हालै आएको नयाँ फिचरले तपाईंलाई तस्वीर विश्लेषण गरेर उपयुक्त क्याप्सन सिफारिस गर्नेछ ।

यस किसिमको सिस्टम दृष्टिविहीन प्रयोगकर्ताका लागि लक्षित गरी ल्याइएकाे फेसबुकले जनाएकाे छ । ताकि भविष्यमा ती प्रयोगकर्ताहरुले आफ्नो तस्वीर चाँडै नै फेला पार्न सकुन् । 

इमेज मेटाडेटामा भएको ‘अल्ट टेक्स्ट’ एउटा फिल्ड हो, जसले कुनै पनि तस्वीर सामग्रीलाई विस्तृत रुपमा व्याख्या गर्दछ ।

उदाहरणका लागि ‘व्यक्ति घोडासँग खेतमा उभिरहेको छ’ वा ‘कुकुर जहाजमा बसेको छ’ । यसको मद्दतबाट आखाँ देख्न नसक्ने व्यक्तिहरुले पनि तस्वीरको व्याख्या पढेर सबै कुरा कल्पना गर्न सक्छन् ।

पछिल्लो केही वर्षदेखि फेसबुक र इन्स्टाग्रामले तयार पारेको उक्त प्रविधि अहिले सबैका लागि पहुँचयोग्य बनाएको छ । 

फेसबुकले २०१६ मा आफ्नो ‘अटोमेटिक अल्ट टेक्स्ट’ सिस्टम बनाएको थियो । मसिन लर्निङको क्षेत्रमा यो लामो समयदेखि काम गरिएकाे परियोजना थियो । हालसम्म कम्पनीले यसमा धेरै संसोधन गरेको छ ।

यसलाई थप छिटो र विस्तृत बनाएको कम्पनीले उल्लेख गरेकाे छ ।  पछिल्लो अपडेटमा माग अनुसार थप विस्तृत व्याख्या दिने विकल्प यसमा थप भएको छ ।

यस प्रविधि सुरु भएयता १० गुणा थप सुधार भएको फेसबुकले जनाएकाे छ । हाल यसले १२ सयभन्दा धेरै वस्तुहरुलाई पहिचान गर्दछ । साथै यसको व्याख्या पनि थप विस्तृत बन्दै गइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३