फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

काठमाडौं । पब्जीको विकल्पको रुपमा भारतीयमाझ निकै चर्चामा रहेको फौजी गेम आउँदो मंगलबार सार्वजनिक हुँदैछ । तर सार्वजनिक हुनुअघि नै फौजीको अग्रिम बुकिङ नै ४० लाख कटेको छ ।

यसअघि भारतमा पब्जी गेममाथि प्रतिबन्ध लागेलगत्तै फौजी गेमको तयारी सुरु भएको थियो । जसले गर्दा भारतमा अहिले फौजी एक पर्खाइको खेल बनिरहेको छ ।

यस्तोमा रिलिज हुनुअघि नै फौजी गेमले रेकर्ड नै राखिरहेको छ । यसअघि गुगल प्ले स्टोरमा प्रि–रजिस्ट्रेसन खुलाइएको २४ घण्टामै १.०४ मिलियन अर्थात १० लाख ४० हजारले यो गेमका लागि प्रि रजिस्ट्रेसन गरेका थिए

यसरी प्रि–रजिस्ट्रेसन गर्नेको संख्या अहिले ४० लाख कटेको छ । गुगल प्लेमा उपलब्ध लिंक केवल प्रि रजिस्ट्रेसनका लागि मात्रै हो ।

एकपटक रजिष्टर गर्दा यसले गेम औपचारिक उपलब्ध भएपछि प्रयोगकर्तालाई सूचित गराउनेछ । रिलिज हुनुअघि नै यतिको संख्यामा प्रि–रजिस्ट्रेसन भएको फौजी गेम भारतीय डेभलपर एनकोर गेमले बनाइरहेको छ । जसको लगानीकर्ता भारतीय अभिनेता अक्षय कुमार हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team