close

दूरसञ्चार क्षेत्रको अनुगमन गर्न अनलाइन मनिटरिङ र ट्रयाकिङ सिस्टम निर्माण हुँदै

टेकपाना टेकपाना

माघ १३, २०७७ १८:२५

दूरसञ्चार क्षेत्रको अनुगमन गर्न अनलाइन मनिटरिङ र ट्रयाकिङ सिस्टम निर्माण हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमनलाई व्यवस्थित गर्न छुट्टै सिस्टम राख्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले आफ्नो मातहतमा रहेका सेवा प्रदायकको अनुगमनलाई व्यवस्थित गर्न अनलाइन मनिटरिङ तथा ट्रयाकिङ सिस्टम निर्माण गर्ने भएको हो ।

प्राधिकरणले यसका लागि गत कात्तिकमा बाेलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रमध्ये पहिलो चरणमा ५ कम्पनीलाई छनोट गरिएकाे छ ।

यसअन्तर्गत योङ माइन्ड क्रियसन, सफ्टटेक फाउण्डेशन, रेडियन्ट इन्फोटेक नेपाल, प्रोफेशनल कम्प्युटर सिस्टम र उपवेद टेक्नोलोजी प्रालि रहेकाे प्राधिकरणले जनाएकाे छ ।

पहिलो चरणमा छनोट भएका यी कम्पनीबाट आर्थिक र प्राविधिक प्रस्ताव माग गरिने छ । प्राप्त प्रस्तावको मूल्याङ्कन गरी त्यसबाट उत्कृष्ट कम्पनी छनोट गरिने प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए ।

प्राधिकरणको अफिस अटोमेसनमा मोडल थप गर्न लागिएकाे उनले जनाए । अन्तिममा छनोट भएको कम्पनीले अनुगमनसँग सम्बन्धित डकुमेन्ट तथा कामलाई व्यवस्थित गर्न मद्दत पुग्ने गरी सिस्टम निमार्ण गर्नेछ ।

याे याेजनाका लागि ३५ लाख रूपैयाँ बजेट छुट्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४