close

कर्णाली विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध

टेकपाना टेकपाना

माघ १३, २०७७ १६:४९

कर्णाली विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ ।

उक्त सम्झौतापत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरेका छन् ।

एनसीएचएल आईपीएस प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (डाइरेक्ट क्रेडिट) र लिने (डाइरेक्ट डेबिट) जस्ता अन्तरबैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणाली मार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेब र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४