close

प्ले स्टोरमा धेरै डाउनलोड हुन थालेपछि इरानमा सिग्नल एपमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

माघ १३, २०७७ १९:४५

प्ले स्टोरमा धेरै डाउनलोड हुन थालेपछि इरानमा सिग्नल एपमाथि प्रतिबन्ध

काठमाडौं । इरानमा प्ले स्टोरमा पहिलो नम्बरमा आएसँगै त्यहाँको सरकारले सिग्नल एपलाई ब्लकिङ लिस्टमा राखेको छ । गत सोमबारदेखि नागरिकहरुले सिग्नल एपलाई आफ्नो फोनमा एक्सेस गर्न सकिरहेका छैनन् ।

इरानका नागरिकहरुले सिग्नलमा अकाउन्ट दर्ता गर्न नसकिरहेको सिग्नल फाउण्डेसनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा बताएको छ । इरानको सेन्सरले सिग्नलका सम्पूर्ण ट्राफिकहरुलाई ड्रप गरिदिएको कम्पनीको ट्वीटमा उल्लेख छ ।

सोमबार मध्यान्हदेखि राजधानी तेहरान लगायत अन्य तीन मुख्य शहरहरुमा सिग्नल एपको एक्सेस ब्लक भएको थियो । नागरिकहरुले भीपीएनबाट सिग्नल एप प्रयोग गरिरहेको बताएका थिए । तर कतिपयले भने एपको डेस्कटप भर्सन प्रयोग गरिरहेका छन् ।

तर इरानको सरकारी मिडियाले भने सरकारले सो एपलाई प्रतिबन्ध गरेको बारे हालसम्म कुनै समाचार सम्प्रेषण गरेको छैन ।

तर इरानले युट्युब, फेसबुक, ट्वीटर तथा टेलिग्राम लगायत विभिन्न वेबसाइट तथा सोसल मिडिया देशमा प्रतिबन्ध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४