close

नयाँ डिजाइनमा फोल्डेवल फोन ‘मेट एक्स२’ सार्वजनिक गर्दै ह्वावे

टेकपाना टेकपाना

माघ २३, २०७७ ७:५५

नयाँ डिजाइनमा फोल्डेवल फोन ‘मेट एक्स२’ सार्वजनिक गर्दै ह्वावे

काठमाडौं । सामसङ र मोटोरोलासँगै फोल्डेवल फोन बिक्री गर्ने कम्पनीमा ह्वावे पनि एक हो । ह्वावेले फोल्डेवल फोनकै रुपमा आफ्नो नयाँ उत्पादन मेट एक्स२ यही फेब्रुअरी महिनामै सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले चिनियाँ सामाजिक सञ्जाल विबोमार्फत यस विषयमा जानकारी दिएको हो । जसमा कम्पनीले मेट एक्स२ का साथै फेब्रअरी २२ तारिखमा सार्वजनिक हुने जनाकारी दिएको छ ।

यो फोन चीनमा मात्रै सार्वजनिक गरिने अथवा विश्व बजारमा उपलब्ध गराउने भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

Image

यसअघि सन् २०२० मा कम्पनीले बजारमा ल्याएको फोल्डेवल फोन मेट एक्सएस सामसङ जेड फोल्ड २ भन्दा अलि फरक रहेको थियो ।

तर, कम्पनीले हाल सार्वजनिक गर्ने तयारी गरेको नयाँ स्मार्टफोन मेट एक्स२ को फोल्डिङ स्क्रिन भित्रतर्फ फर्किने उल्लेख गरिएको छ । भने, यो फोन अति नै पातलो हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१