close

मोबाइल वर्ल्ड कंग्रेसमा फाइभजीमा नयाँ प्रविधि प्रदर्शन गर्दै ओप्पो

टेकपाना टेकपाना

फागुन १०, २०७७ २२:३३

मोबाइल वर्ल्ड कंग्रेसमा फाइभजीमा नयाँ प्रविधि प्रदर्शन गर्दै ओप्पो

काठमाडौं । चिनियाँ स्मर्टफोन ब्राण्ड ओप्पोले चीनको सांधाइमा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस, सांघाई (एमडब्लूसीएस) आफ्नो पछिल्लो प्रविधि प्रदर्शन गर्ने भएको छ । फेब्रुअरी २३ अर्थत फागुन ११ गतेदेखि आयोजना हुने उक्त कार्यक्रम तीन दिन चल्नेछ ।

जसमा ओप्पोले आफ्ना पार्टनरका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परीक्षणका नतिजा प्रस्तुत गर्ने उल्लेख गरिएको छ । यसका साथै फास्ट चार्जिङ प्रविधिमा भविष्यका विकास, स्मार्टफोनका विभिन्न अवधारणा र इन्टरनेट अफ थिङ्स (आईओटी) समेत प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।

ओप्पोले ओप्पो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोनमार्फत ताररहित नयाँ चार्जिङ प्रविधि प्रदर्शित गर्नुका साथै भोक फ्ल्यास चार्जिङ अन्तर्गत नयाँ विकास प्रदर्शन गर्नेछ । यसका साथै सन् २०२० का कयौं पटकको परीक्षण पश्चात यस पटक चाइना यूनिकम बुथमा आगन्तुकले ओप्पोको फाइभजी एमएम–स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पनि पाउने छन् ।

फाइभजी एमएम वेभले फाइभजी एप्लिकेसनका नयाँ पिढीका लागि जग बसाल्ने छ । ओपोको फाइभजी सीपीईमा उपलब्ध यो प्रविधि पनि एमडब्लूसीएसमा प्रदर्शन गरिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१