close

रवि लामिछानेले ल्याए नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल

टेकपाना टेकपाना

फागुन ११, २०७७ १४:९

रवि लामिछानेले ल्याए नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । हालै मात्र न्युज २४ टेलिभिजन छोडेका लामिछानेले नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल सुरु गरेका हुन् ।

लामिछाने उक्त टेलिभिजनका लागि म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन् । च्यानलको नाम ‘ग्यालेक्सी फोरके’ राखिएको छ । अझै पनि केही च्यानलहरु भने एचडी प्रविधिमा समेत अपग्रेड हुन समेत सकेका छैनन् ।

रवि लामिछानेले यस अघि काम गर्दै आएको न्युज २४ टेलिभिजन समेत एसडी (स्ट्याण्डर्ड डेफिनेसन) प्रविधिमा आधारित रहेको थियो । उनले व्यक्तिगत रुपमा समेत एसडीबाट सोझै फोरके स्क्रिनमा आफूलाई प्रस्तुत गर्ने भएका छन् ।

लामिछानले आफूहरुले नेपालमै पहिलो फोरके टिभी च्यानल ल्याएको बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत उनले एक नयाँ सञ्चार माध्यम थपिएको बताए।

उनले भने, ‘जनताको आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्नेगरी नयाँ टेलिभिजन सञ्चालनमा ल्याएका छौं ।’

ग्यालेक्सी फोरके टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१