close

इन्फी स्टोरमा सामान किन्दा ५० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

फागुन १२, २०७७ १७:४

इन्फी स्टोरमा सामान किन्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । ईकमर्स प्लेटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुलाई लक्षित गर्दै नयाँ अफर ‘ब्रिङ इट अन’ सञ्चालन गरेको छ । फ्रेबुअरी २१ देखि सुरु भएको उक्त अफरमा सामान खरिद गर्दा ५० प्रशितसम्म छुट प्राप्त गर्न सकिने छ ।

याे अफरअन्तर्गत मन्त्रा ब्रान्डको गिटार, द गिटार शप, यामाहा म्युजिक स्टोर, भद्रकाली स्पोर्ट्स, अन्नपूर्ण स्पोर्ट्स र म्युजिक मेकिङ स्पोर्ट्सबाट संगीत, खेलकुद तथा शारीरिक अभ्यासका सामानहरुमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

यसरी खरिद गरिएको सामान घरमै डेलिभरी गरिने कम्पनीका संस्थापक एवं बिजनेस डेभलपमेन्ट हेड मुलुक लिम्बूले बताए ।

‘आजका युवा मोबाइलको स्क्रिन र डबल ट्यापकै संसारमा अल्झिएका छन्,’ उनले भने, ‘कहिल्यै नसकिने इन्टरनेट सर्फिङका कारण उनीहरुको मानसिक तथा शरीरिक स्वास्थ्यमा असर पुगिरहेकाे छ । त्यसैलाई ध्यान दिँदै यस्तो अभियान ल्याइएको हो ।’

सङ्गीत, खेल र शारीरिक अभ्यासका उत्पादनमा विशेष अफर ल्याई इन्फीले युवालाई स्फुर्त र शरीरिक तथा मानसिक रूपमा स्वास्थ राख्न प्रोत्साहन गरेको उल्लेख गरेकाे छ । १४ दिनसम्म चल्ने यो अफरमा इन्फीले देशका हरेक ठाउँमा सामान डेलिभरी गर्ने याेजना ल्याएकाे छ ।

यो अफरमा सामान खरिद गर्ने ग्राहकहरुको परोपकारी कार्यमा समेत योगदान हुनेछ । हरेक सामानमा खरिदबाट आएको १० प्रतिशत नाफा ‘फिट हंग्री नेपाल’ लाई प्रदान गरिने लिम्बुले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१