close

क्रोम ब्राउजरमा भेटियो सुरक्षा कमजोरी, तत्काल नयाँ भर्सन अपडेट गर्न गुगलको आग्रह

टेकपाना टेकपाना

फागुन १९, २०७७ १३:२७

क्रोम ब्राउजरमा भेटियो सुरक्षा कमजोरी, तत्काल नयाँ भर्सन अपडेट गर्न गुगलको आग्रह

काठमाडौं । विश्वमा सबैभन्दा बढी प्रयोग हुने ब्राउजर गुगल क्रोममा सुरक्षा कमजोरी देखिएको भन्दै गुगलले तत्कालै नयाँ अपडेट गर्न आग्रह गरेको छ । गुगल क्रोमको अघिल्लो भर्सनमा देखिएको जिरो–डे कमजोरीको प्याच (समाधान) गरी गुगलले हालैमात्र नयाँ भसर्न सार्वजनिक गरेकाे छ ।

कम्पनीले मंगलबारमात्रै विन्डोज, म्याक र लिनक्सका लागि नयाँ भसर्न ८९.०.४३८९.७२ सार्वजनिक गरेको छ । जसमा यसअघि देखिएको ४७ वटा सुरक्षा कमजोरीको समाधान गरिएकाे बताइएकाे छ ।

यसअघि फ्रेब्रुअरी ४ तारिखमा गुगल क्रोमको अघिल्लाे भसर्नमा सुरक्षा कमजोरी रहेको भन्दै सुरक्षा अनुसन्धानकर्ता एलिसन हफम्यानले गुगललाई रिपोर्ट गरेका थिए । यसपछि गुगलले समस्याको समाधानसहित तत्कालका लागि नयाँ भसर्न जारी गरेको थियाे ।

उक्त घटनाबाट धेरै प्रयोगकर्ताको डेटामा ह्याकरले पहुँच पाएको हुनसक्ने भन्दै गुगलले थप सुरक्षा सहितको दाेस्राे भर्सन मंगलबार सार्वजनिक गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४