close

ब्याण्डविथ स्वीकृतिमा ढिलाई हुँदा इन्टरनेटमा समस्या

टेकपाना टेकपाना

फागुन २१, २०७७ १३:३४

ब्याण्डविथ स्वीकृतिमा ढिलाई हुँदा इन्टरनेटमा समस्या

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले ब्याण्डविथ स्वीकृतिका लागि सहजीकरण गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको छ ।

प्राधिकरणलाई एक पत्र लेख्दै आईस्पानले ब्याण्डविथ स्वीकृति (अप्रुभल) का लागि लामो समय लागिरहेको गुनासो गर्दै यसमा सहजीकरणा गर्न अनुरोध गरेको हो । ब्याण्डविथ स्वीकृतिमा ढिलाई हुँदा सेवाप्रदायकले जटिलता भाेग्नुपरेकाे तर्क आईस्पानकाे छ ।

‘हामी निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरुले पारदर्शीरुपले आफ्ना सम्झौता तथा आवश्यक कागजातहरु प्राधिकरणलाई पेश गराउँदा गराउँदै पनि ब्याण्डविथ अप्रुभल प्रक्रियामा लामो समय लागिरहने अवस्थाका कारण हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न समस्या भोगिरहेका छौं,’ साे पत्रमा उल्लेख छ ।

आवश्यक सहजीकरण लगायतका अन्य काम कारबाहीका लागि निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरु थप छलफल गर्न तत्पर रहेकाे समेत साे पत्रमा उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१