close

टेस्ला कारले चीनमा जासुस गरेको आरोपपछि मस्कले के भने ?

टेकपाना टेकपाना

चैत ७, २०७७ १६:२९

टेस्ला कारले चीनमा जासुस गरेको आरोपपछि मस्कले के भने ?

काठमाडौं । चिनियाँ सेनाले टेस्लाको कारलाई सुराकीको आशंका गर्दै प्रतिबन्धित गरेपछि एलोन मस्कले कम्पनीको बचाउ गरेका छन् । उनले आफ्नो कारले सुराकी गरेको भए कम्पनी बन्द भई सक्नुपर्ने भन्दै चिनियाँ आरोपको खण्डन गरेका छन् । 

शनिबार चीनको एउटा महत्वपूर्ण फोरमसँगको भर्चुअल छलफलका क्रममा मस्कले कुनै पनि जानकारीलाई गोप्य राख्न आफूहरुसँग पर्याप्त इन्सेन्टिभ भएको बताए । ‘यदि टेस्लाले चीन वा अन्य कुनै मुलुकमा सैन्य सुराकीका लागि आफ्नो कार प्रयोग गरेको भए कम्पनी बन्द भइसक्थ्यो,’ उनले भने ।

गत शुक्रबार रोयटर्समा प्रकाशित खबरअनुसार चिनियाँ सैनिकहरुले टेस्लाका कारलाई कम्प्लेक्सहरुमा छिर्नबाट प्रतिबन्ध गरेको थियो । उसले ती गाडीहरुमा इन्स्टल भएका क्यामेराले सुरक्षा चिन्ता बढाउने बताएको थियो ।

चीनको डेभलपमेन्ट फोरममा बोल्दै विश्वका दुई शक्तिशाली अर्थतन्त्रीबीच पारस्परिक विश्वास बन्नुपर्ने बताएका छन् । गत वर्ष मात्र टेस्लाले चीनमा आफ्नो एक लाख ४७ हजार ४४५ वटा कार बिक्री गरेको थियो, जुन उसको ग्लोबल सेलको कुल ३० प्रतिशत हो ।

तर, यस वर्ष कम्पनीले चीनकै घरेलु ईभी कम्पनी नियो इङ्क र गिलीसँग प्रतिस्पर्धा गर्न पर्‍यो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१