close

नेपाल क्लियरिङ हाउस लिमिटेडमा रोजगारीको अवसर

टेकपाना टेकपाना

चैत १९, २०७७ १३:५५

नेपाल क्लियरिङ हाउस लिमिटेडमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) विभिन्न पदमा जनशक्ति माग गरेको छ ।

राष्ट्र बैंक र अधिकांश बैंक तथा वित्तीय संस्थाबाट प्रवर्द्धित एनसीएचलले आफ्नो हालको सिस्टम र नेश्नल पेमेन्ट स्वीच लगायतका नयाँ प्रोजेक्ट सञ्चालनका लागि फुल टाइम कर्मचारी माग गरेको हो ।

यसअन्तर्गत सिनियर सिस्टम एनालिस्ट/सिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्ट/डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १ जना, टेक्निकल एनालिस्ट १ जना, डेटाबेस एडमिनिस्ट्रेटर १ जना र सपोर्ट एक्जेक्युटिभ/सिस्टम एनालिस्ट ५ जना माग गरिएको छ ।

याेग्यता पुगेका इच्छुक व्यक्तिहरूले मेरोजब डटकम वा आस्कमीकन्सल्ट डटकम वा एनसीएचएलको यो ईमेलमा १४ अप्रिलभित्र आफ्नो सीभी पठाउन सक्नेछन् ।

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३