close

भूकम्प प्रभावित जिल्लामा ग्रामीण दूरसञ्चार सेवा चित्तबुझ्दो छैन : मन्त्री गुरुङ

टेकपाना टेकपाना

चैत २०, २०७७ ९:३३

भूकम्प प्रभावित जिल्लामा ग्रामीण दूरसञ्चार सेवा चित्तबुझ्दो छैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भूकम्प प्रभावित जिल्लाहरुमा ग्रामीण दूरसञ्चार परियोजनाको सेवाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

दूरसञ्चार सेवाको विषयमा प्रदेश २ र बागमती प्रदेशका प्रतिनिधिसभाका सांसदहरूसँगको छलफल कार्यक्रममा मन्त्रीले नै परियोजना अन्तर्गतका सेवामाथि असन्तुष्टि जनाएका हुन् ।

‘ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत भूकम्प प्रभावित जिल्लामा विस्तार गरिएका सेवा उपयुक्त छैनन्,’ मन्त्री गुरुङले भने, ‘त्यतिबेलाको आपतकालीन अवस्थामा त्यो सेवा ठीकै भएपनि अहिले त्यसले काम गर्ने अवस्था छैन ।’

दूरसञ्चार सेवाको अभावको विषयमा छलफलमार्फत सुझाव संकलन गरी त्यसलाई पूर्ति गर्न मन्त्रालयले सांसदहरूसँग छलफल गरेको हो ।

प्राप्त सुझावलाई नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमको वार्षिक कार्यक्रममा समेटेर लगिने मन्त्री गुरुङले बताए ।

‘फिल्डमा काम नभएको तर बजेट मात्रै मिलाइएको अवस्था छ भने यो छलफलले त्यसलाई पनि क्रश चेक गर्न सकियोस्,’ मन्त्री गुरुङले अगाडि भने, ‘एक किसिमले सार्वजनिक सुनुवाइको रुपमा समेत यो छलफल आयोजना गरिएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३