close

विश्वका १८७ देशभन्दा धनी छ एप्पल, यस्तो छ अन्य कम्पनीको अवस्था

टेकपाना टेकपाना

चैत २२, २०७७ ११:५०

विश्वका १८७ देशभन्दा धनी छ एप्पल, यस्तो छ अन्य कम्पनीको अवस्था

काठमाडौं । के प्रविधि क्षेत्रका कम्पनीले विश्वलाई नियन्त्रण गरिरहेका छन् ? अनुसन्धान कम्पनी ‘म्याककिपर’ का अनुसार टेक कम्पनीले विश्वलाई नियन्त्रण नगरेता पनि अर्थतन्त्रमा भने निकै ठूलो महत्व राख्छन् ।

हाल विश्वमा रहेका ठूला टेक कम्पनी एप्पल, माइक्रोसफ्ट, अमेजनलगायत कम्पनीको भ्यालुलाई विभिन्न देशको जीडीपीसँग दाज्ने हो भने अनौठो तथ्याङ्क बाहिर आउँछ ।

उदाहरणका लागि विश्वको एउटा टेक जाइन्टको रुपमा रहेको एप्पललाई लिने हो भने हाल कम्पनीको मूल्यांकन २.२ ट्रिलियन डलर रहेको छ । विश्वको ९६ प्रतिशत अर्थात् १८७ देशभन्दा एप्पल धनी छ । जीडीपीमा एप्पलभन्दा ७ देशमात्र धनी छन् । यसर्थ एप्पल एउटा देश भएको भए विश्वकै आठौं धनी देश बन्ने थियो ।

माइक्रोसफ्टलाई हेर्ने हो भने पनि अवस्था त्यस्तै छ । हाल माइक्रोसफ्टको मूल्याकंन १.८ ट्रिलियन डलर रहेको छ । माइक्रोसफ्ट विश्वका ९ देशबाहेक जीडीपीमा अघि छ । यतिसम्म कि क्यानडा समेत माइक्रोसफ्टसँग समान अंकमा रहेको छ ।

microsoft valuation

अर्कोतर्फ अमेजनको मूल्याकंन १.६ ट्रिलियन गरिएको छ । यसको अर्थ विश्वका ९२ प्रतिशत देशको जीडीपीभन्दा भन्दा अमेजन अघि छ । म्याककिपरका अनुसार अमेजनले उसकाे एक कर्मचारी बराबर वर्षमा ३ लाख ५१ हजार डलर आम्दनी गर्ने गर्छ ।

amazon valuation

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३