close

आईफोनमा एन्ड्रोइडको अनुभूति दिन सामसङको नयाँ एप ‘आईटेस्ट’

टेकपाना टेकपाना

चैत २७, २०७७ १२:३७

आईफोनमा एन्ड्रोइडको अनुभूति दिन सामसङको नयाँ एप ‘आईटेस्ट’

काठमाडौं । यसै हप्तामात्र आईफोनप्रति अमेरिकी युवाहरुको लगावलाई लिएर एक अध्ययन भयो । एप्पलका सीईओ टिम कुकले समेत अहिले एन्ड्रोइड फोनलाई त्यागेर आईफोन प्रयोग गर्नेहरुको संख्यामा भारी वृद्धि भइरहेको बताएका थिए । यद्यपि एन्ड्रोइड अझैपनि विश्वको सबैभन्दा ठूलो मोबाइल अपरेटिङ सिस्टम हो ।

आईफोनका बारेमा आएका त्यस्ता सकारात्मक समाचारलाई उसको सबैभन्दा ठूलो प्रतिस्पर्धीले तत्कालै प्रतिक्रिया दिएको छ । सामसङले गोप्यरुपमा आईफोन प्रयोगकर्ताहरुका लागि भर्खरै एउटा नयाँ वेब एप्लिकेसन सार्वजनिक गरेको छ । ‘आईटेस्ट’ नामको उक्त एपले आईफोनमै एन्ड्रोइड डिभाइसको नक्कल भर्सनको स्वाद पस्कने बताइएको छ ।

हार्डवेयर डिभाइस परिवर्तन नगरी नै आईफोन प्रयोगकर्ताहरुले सामसङ ग्यालेक्सीको अनुभव पाउनसक्ने छन् ।

हाल यो एपले न्युजिल्याण्डमा निकै चर्चा बटुलिरहेको छ । यो एप चाँडै नै विश्वभरका प्रयोगकर्ताहरुका लागि रोल आउट हुने कम्पनीले बताएको छ ।

यदि तपाईं पनि यो एप प्रयोग गर्न चाहनुहुन्छ र तपाईंसँग आईफोन सेभेन र त्योभन्दा पछिका नयाँ डिभाइसहरु छन् भने यहाँ क्लिक गर्नुहोस् ।

म्याकरुमर्सका अनुसार आईटेस्ट एप एकदमै शक्तिशाली छ । तपाईंले यसलाई खोलेर एप ड्रअर चेक गर्न सक्नुहुन्छ । साथै यसबाट ग्यालेक्सी स्टोर पनि भिजिट गर्नसक्नुहुन्छ । तपाईंले त्यहाँ पेरियोडिक डम्मी नोटिफिकेसन पनि देख्न सक्नुहुन्छ जहाँ समग्र अनूभुति कस्तो छ भन्ने कुरा अनुभूत गर्न सकिन्छ ।

तर तपाईंको नोटिफिकेसन आईटेस्टको सट्टा आईओएसबाट आउने हुँदा अनुभूतिमा थोरै नमज्जा हुनसक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१