close

३९९ रुपैयाँमा स्मार्ट सेलको ६० जीबी डेटा

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १८:२०

३९९ रुपैयाँमा स्मार्ट सेलको ६० जीबी डेटा

काठमाडौं । स्मार्ट टेलिकमले नयाँ वर्ष २०७८ को अवसर पारी नयाँ डेटा अफर सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कम्पनीले ३९९ रुपैयाँ (करबाहेक) मा ६० जीबी डेटा प्रदान गरिरहेको छ ।

नयाँ वर्षलाई थप मनोरञ्जनात्मक बनाउन कम्पनीले यसअघिका डेटा प्याकभन्दा सस्तोमा धेरै डेटा प्रदान गरेको हो ।

यो सेवा लिन प्रयोगकर्ताले *141*3*4*7# डायल गर्नुपर्छ । अफर लिएका प्रयोगकर्ताले ३० दिनसम्म डेटा चलाउन पाउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१