close

कक्षा १२ का विद्यार्थीले घरबाटै निःशुल्क ट्युसन पढ्न पाउने

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १९:२२

कक्षा १२ का विद्यार्थीले घरबाटै निःशुल्क ट्युसन पढ्न पाउने

काठमाडौं । कक्षा १२ का विद्यार्थीले घरबाटै निःशुल्क ट्युशन पढ्न पाउने भएका छन् । युनिर्भसल थट कन्सल्ट (यूटीसी) ले विद्यार्थीका लागि ट्युशन कक्षासहित परीक्षा तयारीका लागि सहयाेग पुग्ने सामग्री निःशुल्क प्रदान गर्ने घाेषणा गरेकाे छ ।

यसका लागि यूटीसीले हालै ‘एनईबी फ्री क्र्यास कोर्ष’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत साइन्स र म्यानेजमेन्टका विद्यार्थीले एक महिनाका लागि घरबाटै निःशुल्क ट्युशन पढ्न पाउने छन् ।

त्यस्तै विद्यार्थीले परीक्षाका लागि आवश्यक कोर्ष र विषय सामग्री निःशुल्क प्राप्त गर्नेछन् । यूटीसीको यस्तो कक्षामा सहभागी हुन विद्यार्थीले यहाँ क्लिक गरी रजिस्टर गर्नुपर्छ । काेभिड १९ काे जाेखिम बढ्दै जाँदा वैकल्पिक विधिबाट अध्ययन सामग्री उपलब्ध गराउन याे याेजना ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१