close

१८ सय रुपैयाँमा क्लासिक टेकको १०० एमबीपीएस इन्टरनेट, साथमा निःशुल्क ३ आईपी टिभी

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १७:५५

१८ सय रुपैयाँमा क्लासिक टेकको १०० एमबीपीएस इन्टरनेट, साथमा निःशुल्क ३ आईपी टिभी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ‘तुफान अफर’ सार्वजनिक गरेको छ । कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।

घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी नयाँ अफर ल्याएको कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत सेवाग्राहीले ५० एमबीपीएस देखि १०० एमबीपीएससम्मको हाई स्पिड इन्टरनेट र निःशुल्क आईपी टिभी पनि पाउनेछन् ।

यो अफरमा ५० एमपीबीपीएस अन्तर्गत प्रति महिना १२ सय ५० रूपैयाँकाे दरमा एक वर्षका लागि १५ हजार रुपैयाँ (भ्याट बाहेक), जसमा २ आईपी टिभी निःशुल्क हेर्न पाइनेछ ।

त्यस्तै ८० एमबीपीएस अन्तर्गत ३ आईपी टिभीसम्म प्रति महिना १४ सयका दरले १६ हजार ८ सय र १०० एमबीपीएसअन्तर्गत ३ आईपी टिभीसम्म प्रतिमहिना १८ सयका दरले २१ हजार ६ सयमा जडान गर्न सकिने छ ।

क्लासिक टेकको इन्टरनेटसँग आईपी टिभीको ५० भन्दा बढी एचडी च्यानलहरु र १०० एसडी च्यानलहरु निःशुल्क हेर्न पाइने छ।

साथै सबै पुरानो तथा नयाँ टिभीमा पनि यु्ट्युवमा हेर्न सकिनेछ । यति मात्र नभई कम्पनीले पुराना ग्राहकका लागि रिचार्जअन्तर्गत तुफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ।

यसअन्तर्गत पुराना ग्राहकले कुनै पनि प्याकेज तुफान ५० एमबीपीएस, तुफान ८० एमबीपीएस, र तुफान १०० एमबीपीएसमा रिचार्ज गर्न पाउनेछन् । ग्राहकले ३० प्रतिशतसम्म क्यास डिस्काउन्ट प्राप्त गरी. १० हजार ४५८ बचाउन सक्नेछन् भने २ महिना बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१