close

भिडिओ हेर्नेको संख्या बढ्दा युट्युवको आम्दानी ४९ प्रतिशतले वृद्धि

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १२:३२

भिडिओ हेर्नेको संख्या बढ्दा युट्युवको आम्दानी ४९ प्रतिशतले वृद्धि

काठमाडौं । कोभिड १९ का कारण जसरी डिजिटल प्रविधिको प्रयोग बढिरहेको छ, त्यसरी नै विज्ञापनको नयाँ दायरा सुरु भएको छ । मानिसहरू डिजिटल कन्टेन्टमा बढी समय बिताउन थालेसँगै युट्युव, फेसबुक, गुगलजस्ता प्लेटफर्मको आम्दानीको स्रोत थपिँदै गएको छ ।

यसैको एउटा उदाहरण युट्युव हाे, जसले पछिला केही वर्षहरुमा टेलिभिजन विज्ञापनलाई आफूतर्फ तानिरहेको छ ।

यो हप्तामात्रै युट्युवको मुख्य कम्पनी अल्फाबेटले सन् २०२१ को पहिलो त्रैमासकाे प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले युट्युवको विज्ञापनमार्फत ६ बिलियन डलर आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

याे अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४९ प्रतिशत बढी हो । योसँगै युट्युवले वार्षिक आम्दानीमा भिडिओ प्लेटफर्म नेटफ्लिक्सलाई समेत उछिन्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१