close

‘कोभिड १९ बाट सुरक्षित रहन सूचना प्रविधिको अधिकतम प्रयोग गरौं’

टेकपाना टेकपाना

बैशाख १९, २०७८ ९:४७

‘कोभिड १९ बाट सुरक्षित रहन सूचना प्रविधिको अधिकतम प्रयोग गरौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई आह्वान गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घ, संस्थाहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाइरहेकाे जानकारी दिँदै उनले कामलाई तीव्रता दिएको बताए ।

सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको जानकारी उनले दिए ।

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु-याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए ।

“साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डेटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ”, उनले सन्देशमा भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१