close

‘नागरिक एपले नेपालको सार्वजनिक सेवामा युगान्तकारी परिवर्तन ल्याउने अपेक्षा राखेको छु’

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १२:४७

‘नागरिक एपले नेपालको सार्वजनिक सेवामा युगान्तकारी परिवर्तन ल्याउने अपेक्षा राखेको छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक उद्घाटन गरेका छन् । शनिबार आयोजित एक समारोहका माझ प्रधामन्त्री ओलीले नागरिक एपको फुल भर्सच सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै ओलीले नागरिक एपले नेपालको सार्वजनिक सेवामा युगान्तकार परिवर्तन ल्याउने अपेक्षा रहेको भनाइ राखे ।

‘सम्भव भएका सम्पूर्ण सरकारी सेवाहरुलाई एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यसहित नागरिक एप तयार भएको हो । फरक प्रकृतिका सरकारी सेवालाई एपमै एकीकृत गरी नागरिकलाई सहज किसिमले सेवा उपलब्ध गराउने सुविधा यसमा छ,’ उनले भने ।

उनले अगाडि भने, ‘यसले सरकारी काम कारवाहीलाई छिटो र पारदर्शी बनाउन सहयोग पुग्नेछ । भ्रष्ट्राचारमुक्त नेपालको सरकारी लक्ष्य हासिल गर्न यो एप महत्वपूर्ण कडी हुने विश्वास मैले लिएको छु । आम नागरिकबाटै प्राप्त सुझावका आधारमा बेटा संस्करणमा देखिएका कमजोरी सच्याएर नागरिक एपको पूर्ण संस्करण तयार भएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१