close

उपभोग्य वस्तु आपूर्ति गर्न पास चाहियो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १४:०

उपभोग्य वस्तु आपूर्ति गर्न पास चाहियो ? यसो गर्नुहोस्

काठमाडौं । निषेधाज्ञाको समयमा दैनिक अत्यावश्यक उपभोग्य खाद्यवस्तु आयात, ढुवानी, सञ्चय र वितरण गर्न अनलाइनबाटै पास उपलब्ध गराइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट पास उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

देशभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा आदेश जारी गरेका छन् । यसले गर्दा सर्वसाधारणलाई दैनिक अत्यावश्यक उपभोग्य वस्तु आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

नेपाल सरकारका सम्बद्ध निकाय तथा निजी क्षेत्रका संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरुसँगको संयुक्त छलफल बैठकबाट आपूर्ति व्यवस्था सहज बनाउने निश्कर्ष निकालिएको हो ।

जसअनुसार दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति कार्यमा संलग्न कम्पनी, उद्योग र संस्थाहरुले उक्त कार्यका लागि प्रयोग हुने सवारी साधनको नम्बर, किसिमसहित संलग्न कामदार कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रमार्फत प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता तथा आवद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

त्यस्तो पत्रको एक-एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुका साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्नेगरी अगाडि ‘खाद्यान्न/फलफूल/तरकारी/दुग्ध पदार्थ ढुवानी सेवा’ भनिएको ब्यानर राख्नुपर्नेछ ।

तर दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारीमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्तिलाई भने राख्न पाइनेछैन ।

प्रमुख जिल्ला अधिकारीलाई कसरी दिने जानकारी ?

तल दिइएको सूचीमा आफ्नो जिल्लाको नाममा क्लिक गर्नुहोस् । यति गरेसँगै जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा पुगिन्छ ।

यति गरिसकेपिछि दायाँ कुनामा रहेको प्रमुख जिल्ला अधिकारीको नाममा थिच्नुहोस् । त्यहाँ प्रमुख जिल्ला अधिकारीको नाम सहित ईमेल आईडी फेला पार्नुहुनेछ ।

उक्त ईमेलमा तपाईंले आफ्नो आधिकारिक पत्र पठाएर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१