close

दूरसञ्चार पूर्वाधार विस्तारमा योगदान दिएबापत ह्वावेलाई राष्ट्रिय आईसीटी अवार्ड

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १९:४६

दूरसञ्चार पूर्वाधार विस्तारमा योगदान दिएबापत ह्वावेलाई राष्ट्रिय आईसीटी अवार्ड

काठमाडौं । ह्वावे नेपालले राष्ट्रिय आईसीटी पुरस्कार २०२१ प्राप्त गरेको छ । आइतबार राष्ट्रिय आईसीटी दिवसको अवसरमा सिंहदरबारमा आयोजना भएको राष्ट्रिय आईसीटी पुरस्कार २०२१ मा ह्वावेले निजी क्षेत्र तर्फको पुरस्कार जित्न सफल भएको हो ।

पुरस्कार ह्वावे नेपालका सीईओ विलियम झाङलाई हस्तानतरण गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा निजी क्षेत्रतर्फ ह्वावे र सार्वजनिक क्षेत्रतर्फ महालेखा परिक्षकको कार्यालयले अवार्ड प्राप्त गरेका थिए ।

पछिल्ला २१ वर्षदेखि ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । नेपालमा टेलिकम अपरेटरहरुसँगको संयुक्त प्रयासबाट ह्वावेले टुजी, थ्रीजी तथा फोरजी प्रविधि नेपालमा ल्याई देशभर हिमालदेखि तराईसम्म कनेक्टिभिटी पुर्याउन सहयाेग गरिरहेकाे छ ।

कनेक्टिभिटी निर्माणको अलावा ह्वावको आईसीटी प्रविधि र इकोसिस्टमले सरकारबाट वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा विभिन्न क्षेत्रका संस्थाहरूलाई सहयोग गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१