close

प्रविधिको अधिक प्रयोग र मानसिक स्वास्थ्यबीच कुनै सम्बन्ध छैन – अक्सफोर्ड अध्ययन

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १७:३९

प्रविधिको अधिक प्रयोग र मानसिक स्वास्थ्यबीच कुनै सम्बन्ध छैन – अक्सफोर्ड अध्ययन

काठमाडौं । प्रविधि प्रयोग र मानसिक स्वास्थ्यबीच कुनै उल्लेखनीय सम्बन्ध नरहेको एक अध्ययनले देखाएको छ । अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले १० देखि १५ वर्ष उमेर समूहबीचका चार लाख ३० हजार बालबालिकामाथि गरेको अध्ययनमा त्यस्तो पाइएको हो ।

अक्सफोर्डले टिभी, सामाजिक सञ्जाल तथा अन्य प्राविधिक उपकरण र मानसिक तनाव, आत्महत्या तथा स्वभावमा देखिने समस्याबीचका सम्बन्ध खोज्न उक्त अध्ययन गरिएको थियो ।

अध्ययनमा  मानसिक तनाव र सामाजिक सञ्जालको प्रयोगबीच एकदमै थोरै सम्बन्ध देखिएको थियो । सामाजिक सञ्जाल र त्यसले उत्पन्न गराउने भावनात्मक संवेगमा अति सानो सम्बन्ध पाइएको थियो ।

गत जनवरी मा प्रकाशित एक अध्ययनले अधिक सामाजिक सञ्जालको प्रयोगले जीवनशैलीमा हानिकारक असर पार्नुका साथै आत्मविश्वासलाई पनि घटाइदिने उल्लेख थियो ।

तर जर्नल क्लिनिकल साइकोलोजिकल साइन्समा प्रकाशित यो पेपरमा भने यस्ता विश्वास र तथ्यलाई भ्रम करार गरिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१