close

अनलाइनबाटै सवारी साधनको राजस्व तिर्न सकिने

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १०:४६

अनलाइनबाटै सवारी साधनको राजस्व तिर्न सकिने

काठमाडौं । अनलाइनबाटै सवारी साधनको राजश्व तिर्ने व्यवस्थासहित वागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ ।

नियमावली स्वीकृत भएसँगै अबकाे केही सातापछि सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, नवीकरण शुल्क, जरिवाना लगायत राजश्व अनलाइनबाटै तिर्नसक्ने सुविधा कार्यान्वयन हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएकाे छ ।

यसका लागि मन्त्रालयले अनुसार अपग्रेडेड भेहिकल रजिस्ट्रेसन सिस्टमसहितकाे ट्रान्सपाेर्टे म्यानेजमेन्ट इन्फरमेशन सिस्टम विकास गर्ने तयारी गरेकाे छ । सवारी साधनकाे राजस्वसँगै तेस्राे पक्षा बीमा रकमसमेत अनलाइनबाटै तिर्न सकिने गरी सिस्टम बनाउने तयारी गरिएकाे छ ।

यसरी अनलाइन भुक्तानीकाे व्यवस्था सुरू भएसँगै घण्टौं लाइन बसेर राजश्व तिर्नुपर्ने बाध्यताको अन्त्य हुने मन्त्रालयकाे विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१