close

नेपाली बजारमा साओमीको बहुप्रतिक्षित ‘मि ब्याण्ड सिक्स’ सार्वजनिक हुँदै, यस्ता छन् फिचर

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १३:१९

नेपाली बजारमा साओमीको बहुप्रतिक्षित ‘मि ब्याण्ड सिक्स’ सार्वजनिक हुँदै, यस्ता छन् फिचर

काठमाडौं । साओमीले आफ्नो ‘मि ब्याण्ड सिक्स’ अर्को हप्ता नेपालमा सार्वजनिक गर्दै छ । मि ब्याण्ड सिरिजअन्तर्गत याे नयाँ मोडलकाे लुक्स हेर्दा मि ब्याण्ड फाइभभन्दा धेरै फरक छैन ।

तर कम्पनीले ब्याण्ड सिक्सको हुडमुनी र माथि दुवैमा धेरै कुरा परिवर्तन गरी यसलाई धेरै स्मार्ट र उपयोगी बनाएको छ ।

यस मोडलको डिस्प्लेको कुरा गर्दा यसमा निकै ठूलो १.५६ इन्चको एमोलेड प्यानलवाला डिस्प्ले छ । अनि वरिपरी नियोन अन ब्ल्याक कलर छ ।

स्क्रिनलाई पर्सनलाइज गर्न तपाईंसँग ६० वटा फरक ब्याण्ड डिस्प्ले च्वाइस छन् । स्क्रिनलाई बलियो बनाउन डिस्प्लेलाई टेम्पर्ड ग्लास र एन्टी फिङ्गरप्रिन्ट कोटिङ राखिएको छ ।

यस मोडलमा ३० वटा स्पोर्ट्स मोड छन्, जब कि अघिल्लो मि ब्याण्ड फाइभमा ११ वटा स्पोर्ट्स मोड मात्र थिए । यसको थप एक्टिभिटी फिचरमा इन्डुअर ट्रेनिङ मोडहरु छन् ।

साथै यसमा नयाँ अटो डिटेक्सन मोड पनि छ, जसले रनिङ, वाकिङ, थ्रेडमिल, साइक्लिङ, रविङ मसिन र इलिप्टिकललाई अटो डिटेक्ट गर्न सक्छ ।

यसमा फिटनेस मनिटरिङ, वुमन्स हेल्थ तथा पीएआई स्कोरिङ सिस्टम पनि छ । मि ब्याण्ड सिक्समा १२५ एमएएचको ब्याट्री र म्याग्नेटिक चार्जर छ । एउटा पूर्ण सिङ्गल चार्जमा यस वाचमा १४ दिनसम्म ब्याट्री टिक्दछ ।

कनेक्टिभिटीका लागि यसमा ब्लुटुथ ५.० छ । यसमा मि वेयर र मि फिट एप छ । यसले एन्ड्रोइड ५.० र आईओएस १० र त्यसमाथिका डिभाइसलाई सपोर्ट गर्दछ । यो ब्याण्ड विभिन्न ६ कलरमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४