close

आरटीडीएफ परियोजना अन्तर्गत थप १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

जेठ १०, २०७८ १८:५

आरटीडीएफ परियोजना अन्तर्गत थप १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार, यसरी लिनुहोस् सेवा

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजना अन्तर्गत थप १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको छ । यसअन्तर्गत गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङ तथा प्रदेश नं. १ का इलाम, सुनसरी, मोरङ, उदयपुर र झापामा ब्राेडब्याण्ड इन्टरनेट विस्तार सम्पन्न भएकाे प्राधिकरणले जानकारी दिएकाे छ ।

यी जिल्लाका नगरपालिका, गाउँपालिका, वड़ा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्र/अस्पतालहरूमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेकाे छ ।

साथै त्यहाँबाट समस्या सम्बाेधन नभएको खण्डमा प्राधिकरणको फोन नं. ०१-५३५५४४ मा सम्पर्क गर्न सकिने जनाइएकाे छ ।

यी नगरपालिका, गाउँपालिका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरूमा इन्टरनेट सेवा जडान हुन छुट भएको भए १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउन सकिन्छ ।

साथै यी जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने छ ।

यसअन्तर्गत कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङ जिल्लामा इन्टरनेट सेवा जडान गर्न सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र इलाम, सुनसरी, मोरङ, उदयपुर र झापामा इन्टरनेट जडान गर्न सेवाप्रदायक टेकमाइन्ड्स नेटवर्क प्रालिलाई सम्पर्क गर्नुपर्ने बताइएको छ । सेवाप्रदायकको सम्पर्क नम्बर तलको सूचनामा दिइएको छ ।

Notice-20210524

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१