close

गुगल ड्राइभ, फोटोज र जीमेलमा यसरी खाली गर्नुहोस् स्पेस

टेकपाना टेकपाना

जेठ १२, २०७८ १३:२०

गुगल ड्राइभ, फोटोज र जीमेलमा यसरी खाली गर्नुहोस् स्पेस

काठमाडौं । गुगलले आफ्नो स्टोरेज नीतिमा धेरै परिवर्तन ल्याउन लागेकाे छ, जसका कारण हालका गुगल तथा जिमेल अकाउन्ट होल्डरमा ठूलो प्रभाव पर्ने छ ।

आउँदो जून १ अर्थात् जेड १८ देखि गुगलले गुगल फोटोजमा प्रदान गर्दै आइरहेको फ्रि अनलिमिटेड हाई–क्वालिटी फोटो ब्याकअप अप्सनलाई बन्द गर्दै छ । यस्तै, गुगल सिट्स, डक्स, फर्म्स वा अन्य गुगल सेवामा बनाइएका सबै नयाँ फाइल डक्युमेन्टहरु जुनदेखि १५ जीबी स्टोरेज कोटामा अटाउन सक्ने छैनन् ।

यस्तै, अर्को ठूलो परिवर्तन भनेको यदि तपाई गुगलको सेवाहरु जस्तै जीमेल, गुगल फोटोजमा लामो समयदेखि निर्भर हुनुहुन्छ भने तपाईको १५ जीबी डेटा पूरा हुँदैछ । यदि तपाईं गुगलको आउँदै गरेको स्टोरेज नीतिदेखि चिन्तित हुनुहुन्छ भने जीमेल र फोटोजमा भएका जङ्क फाइलहरु डिलिट गरेर स्टोरेज स्पेस खाली गर्नुहोस् ।

यसबाहेक आज हामी तपाईलाई आफ्नो गुगल र जीमेल अकाउन्टको स्टोरेजलाई खाली बनाउने तरिकाहरु सिकाउने छौं ।

१. प्रयोग भएको स्टोरेजको ओभरभ्यू पाउनुहोस्

आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू (अवलोकन) गर्नुहोस् । कहिलेकाहिँ धेरै वर्षअघि अपलोड गरेका ठूला फाइल र गुगल फोटोजमा अपलोड गरेको तस्बिरहरुले पनि ती स्टोरेजमा ठाउँ ओगटेको हुनसक्छ ।

गुगल सर्भिस ड्राइभ, फोटो र फेमिली शेयरिङमा प्रयोग भएको स्टोरेजको ओभरभ्यू हेर्न गुगल वान पेजमा जानुहोस् ।

२. गुगल स्टोरेज म्यानेजरको प्रयोग

गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले गुगल अकाउन्टको तपाईंको स्टोरेजलाई खाली गरिदिन्छ । यो म्यानेजरले प्रयोगकर्तालाई जिमेलको ईमेल, स्पाम ईंमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।

३. पुराना र अनवाश्यक ईंमेलहरुलाई हटाउनुहोस्

यदि तपाईं ईंमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको जीमेलमा ठूला अट्याचमेन्टसँग धेरै पुराना र थोत्रा फोहोरहरु थुप्रेर बसेको होला । यस्ता फोहोरले तपाईंको जिमेलमा कति स्पेस खाइरहेको हुन्छ । यस्ता ईंमेलहरुलाई डिलिट गर्नुहोस् ।

तपाईले जिमेलको सर्चबक्समा ‘hasMattachment’ सर्च गरेर अट्याचमेन्टसहितको ईंमेल फिल्टर गर्न सक्नुहुन्छ र त्यहाँ भएका पुराना ईंमेललाई डिलिट गर्न पनि । साथै तपाईले ‘largerM10mb’ सर्च गरेर भारी तथा ठूला ईंमेलहरु पनि हटाउन सक्नुहुन्छ । भारी ईंमेलहरु खोजेर डिलिट गर्ने यो छिटो र सजिलो तरिका हो ।

साथै तपाईंले मेलस्टोर प्रयोग गरेर पनि आफ्नो जिमेल अकाउन्टबाट महत्वपूर्ण तथा पुराना इमेलहरु तान्न सक्नुहुन्छ । यो एउटा निःशुल्क ईंमेल आर्काइभ सफ्टवेयर हो । एकपटक ल्याइसकेपछि तपाईले आफ्नो पुरै अकाउन्टको पुराना मेलहरु डिलिट गर्न सक्नुहुन्छ ।

४. गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्नुहोस्

यदि फोटोको ओरिजिनल क्वालिटीका लागि गुगल फोटोजमा ब्याकअप राख्नुभएको छ भने त्यसलाई हाई क्वालिटी मोडमा बदल्नुहोस् । यसले तपाईंको सबै पुराना फोटोहरुलाई कम्प्रेस गर्दछ । ताकि तपाईंको फोटो १५ जीबी स्पेस कोटामा अट्न सकोस् ।

तर यसले २०२१ को जुनपछि काम गर्ने छैन । किनभने हाई क्वालिटी अपलोड फोटो फिचर हुने छैन । यद्यपि आफ्नो फोटो राख्दा सधै कम्प्रेस गर्न नभुल्नुहोस् । तर एउटा राम्रो विकल्प के छ भने तपाईंले रिकभर स्टोरेज अप्सन प्रयोग गरी आफ्नो फोटो तथा भिडियोलाई हाई–क्वालिटीमा कम्प्रेस गर्न सक्नुहुन्छ ।

५. गुगल बीन खाली गर्नुहोस्

तपाईंले आफ्नो जीमेल वा गुगल ड्राइभबाट कुनै फाइल डिलिट गरिसकेपछि यी फाइल बीन वा ट्र्यासमा गएर बसेका हुन्छन् । त्यसबाट पनि ति फाइल डिलिट गरेपछि मात्रै तपाईंको स्टोरेज खाली हुन्छ ।

५. ब्याकप र सिङ्क प्रयोग गर्न बन्द गर्नुहोस्

यदि तपाईंले गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी आफ्नो गुगल ड्राइभमा फाइल ब्याकअप गर्नुहुन्छ भने यस्तो बानी रोक्नुहोस् । यसको सट्टा ड्रपबक्स प्रयोग गर्नुहोस् ।

ब्याकअपका लागि तपाईले अर्को जीमेल पनि खोल्न सक्नुहुन्छ । यदि तपाईको पीसीमा धेरै ठूला फाइलहरु छन् भने यसले तपाईंको प्रमुख गुगल अकाउन्टमा धेरै ठाउँ नलिएको ठीक हुन्छ ।

गुगल ड्राइभका डेटालाई अर्काे अकाउन्टमा सार्ने विधि
यदि हामीले म्यानुअल प्रक्रियालाई हेर्‍यौं भने त्यसमा एकदमै सीमित विकल्पहरु उपलब्ध छन् । हामी गुगल ड्राइभबीच डेटा स्थानन्तरण गर्ने केही सामान्य विधिहरुका बारेमा कुरा गर्नेछौं । 

पहिलो विधि: एउटाबाट अर्को अकाउन्टमा सिधै ट्रान्सफर 

जीमेल अकाउन्टले उपलब्ध गराउँदै आइरहेका भित्री फिचरहरुको प्रयोग गरेर तपाईंले डेटालाई दुई गुगल ड्राइभबीच आदान-प्रदान गर्न सक्नुहुन्छ । 

  • गुगल अकाउन्ट साइन ईन गरी गुगल ड्राइभमा जानुहोस् ।
  • अर्काे अकाउन्टमा पठाउन चाहेको विशेष डकुमेन्ट तथा फाइलहरु चयन गर्नुहोस् ।
  • अब फाइलभित्र राइट क्लिक गरी शेयरमा क्लिक गर्नुहोस् । यति गरेपछि स्क्रिनमा विजार्ड (wizard) देखा पर्दछ ।
  • त्यहाँ अर्को अकाउन्ट डिटेल इन्टर गर्नुहोस् र एड्भान्स सेटिङमा क्लिक गर्नुहोस् । “To Owner” लाई एक्सेस अनुमति दिएको कुरामा सुनिश्चित भइ सेन्ड बटन थिच्नुहोस् ।
  • अब अर्को गुगल ड्राइभ अकाउन्टमा फाइल सर्छ । नयाँ अकाउन्ट खोलेर फाइल सरेको छ, छैन चेक गर्नुहोस् । 

दोस्रो विधि: डाउनलोड गरी अपलोड गर्नुहोस् ।

माथिको जस्तो विधि अपनाउन नसक्नेहरुका लागि यो विधि उपयुक्त हुनसक्छ ।

  • जीमेलमा गएर अकाउन्टमा साइन ईन गर्नुहोस् ।
  • अब गुगल ड्राइभमा गएर अर्को अकाउन्टमा सार्न चाहेको फाइलहरु सेलेक्ट गर्नुहोस् ।
  • सबै फाइललाई कपी गरी नयाँ फोल्डरमा पठाउनुहोस् र त्यस फोल्डरलाई एक्सपोर्ट (Export folder) नाम दिनुहोस् । यो फोल्डर अब तपाईंको डाइरेक्टोरीमा देखापर्छ ।
  • अब तपाईंले त्यो एक्सपोर्ट फोल्डरलाई डाउनलोड गरी सिस्टममा सबै सेलेक्टेड फाइलहरुलाई सुरक्षित राख्नुहोस् ।
  • फोल्डरमा राइट क्लिक गरी डाउनलोड अप्सनमा क्लिक गर्नुहोस् । गुगल सर्भरले सबै फाइललाई जिप फाइलमा स्वत: कम्प्रेस गरिदिन्छ ।
  • एकपटक डाउनलोड भएपछि सिङ्गल जिप फाइलबाट तपाईंले सजिलै त्यसलाई निकाल्न सक्नुहुन्छ ।
  • फाइल निकाली सकेपछि अर्को गुगल ड्राइभ अकाउन्ट खोल्नुहोस् र ‘+’ आइकनमा क्लिक गरी अर्को अकाउन्टको फाइल तथा फोल्डरहरु अपलोड गर्नुहोस् । 

तेस्रो विधि: गुगल टेकआउटको प्रयोग 

प्रयोगकर्ताहरुलाई आफ्नो डेटाको आर्काइभ बनाउन सहयोग गर्न गुगलले गुगल टेकआउट नामको अर्को सेवा पनि प्रदान गरेको छ । यसभित्र डेटा ट्रान्सफर गर्ने एकदमै जटिल प्रक्रिया छ ।

साथै यसले तपाईंको फाइललाई अर्को फर्म्याटमा पनि परिवर्तन गरिदिन्छ । यद्यपि नयाँ अकाउन्टमा डेटा अपलोड गरिरहँदा तपाईंले फाइल फर्म्याटलाई सेटिङबाट परिवर्तन गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१