close

भारतीय सेवाप्रदायकले ग्रामीण भेगमा पनि फाइभजी परीक्षण गर्नुपर्ने

टेकपाना टेकपाना

जेठ १७, २०७८ १३:२१

भारतीय सेवाप्रदायकले ग्रामीण भेगमा पनि फाइभजी परीक्षण गर्नुपर्ने

काठमाडौं । भारतका दूरसञ्चार सेवा प्रदायकले ग्रामीण भेगमा पनि फाइभजी परीक्षण गर्नुपर्ने भएको छ । भारतको दूरसञ्चार विभागले फाइभजी परीक्षण सहरमा मात्रै नभएर ग्रामीण भेगमा पनि गर्नुपर्ने प्रावधान सहित फ्रिक्वेन्सी उपलब्ध गराउने भएको हो ।

यसअघि विभागले सेवा प्रदायलकाई फाइभजी परिणको लागि अनुमति प्रदान गरेको थियो । भने, केही दिन अघिमात्रै फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी निर्धार गरी फ्रिक्वेन्सी उपलब्ध गराउने बाटो खोलको थियो । यसको अर्थ अब सेवाप्रदायकले ५ हजार रुपैयाँ भुक्तानी गरी फाइभजी परीक्षणको लागि आवश्यक फ्रिक्वेन्सी प्राप्त गर्नेछन् ।

त्यसरी फ्रिक्वेन्सी लिँदा विभागले सेवा प्रदायकलाई ग्रामीण भेगमा पनि फाइभजी सेवा परीक्षण गर्नु पर्ने प्रावधान सहित उपलब्ध गराउने तयारी गरिरहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘सेवा प्रदायकले दिने निवेदनमै फाइभजी परीक्षण गर्दा कुनै एक ग्रामीण क्षेत्रको नाम समावेश गर्न भनिएको छ ।’

विभागका अनुसार सेवाप्रदायकले ७०० मेगाहर्ज ब्याण्ड, ३.३ देखि ३.६ गिगाहर्ज ब्याण्ड र २४.२५ देखि २८.५ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फरक फरक स्थानका लागि प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३