close

हल्ट प्राइजको ‘अन-क्याम्पस इभेन्ट’ मा नेपाली टिम शीर्ष २० मा पर्न सफल

टेकपाना टेकपाना

जेठ २०, २०७८ १६:४८

हल्ट प्राइजको ‘अन-क्याम्पस इभेन्ट’ मा नेपाली टिम शीर्ष २० मा पर्न सफल

काठमाडाैं । यस वर्षकाे हल्ट प्राइज कार्यक्रमअन्तर्गत नेपालकाे हल्ट प्राइज एट आईओईले विश्वकै शीर्ष २० अन-क्याम्पस इभेन्ट अवार्ड प्राप्त गरेकाे छ । साथै साेही टिमकै क्याम्पस डाइरेक्टर जयकिशन पञ्जियार शीर्ष २० क्याम्पस डाइरेक्टरमा पर्न सफल भएका छन् ।

यस वर्ष १९० देशमा ३ हजारभन्दा बढी अन-क्याम्पस प्रोग्राम सञ्चालन भएको थियो । नेपालमा पनि विभिन्न विश्वविद्यालय र शैक्षिक संकायअन्तर्गत अन-क्याम्पस इभेन्ट सञ्चालन गरिएकाे थियाे ।

यसअन्तर्गत हल्ट प्राइज एट आईओई टिमले आन्ट्रप्रेनियरशिप टक सिरिजमा ८ वटा कार्यक्रम भर्चुअल माध्यमबाट गर्न सफल भएको थियो । यी कार्यक्रममा ४ हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

त्यस्तै अन-क्याम्पस इभेन्टमा सहभागीका लागि आइडिया रिफाइनिङ, डिजाइन थिङ्किङ, बिजनेश मोडेल, पिचिङ र प्रेजेन्टेशनका वर्कसप सञ्चालन गरिएको थियो ।

आईओई टिमले सञ्चालन गरेकाे अन-क्याम्पस इभेन्टमा सेकेण्ड रनरअप भएकाे टिमले ‘काठमाण्डु इम्प्याक्ट समिट’ मा विजय हासिल गर्न सफल भई बेलायतमा भएकाे एक्सिलेरेटर प्राेग्राममा सहभागी हुने अवसरसमेत पाएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३